दरवारमार्ग प्रहरी अपराधि प्रति आक्रामक, लाजिम्पाटको यौन अखडामा छापा

काठमाडौ । महानगरीय प्रहरी बृत्त दरवारमार्ग पछिल्लो समयमा अपराध विरुद्धको अभियानमा आक्रमक रुपमा देखिएको छ । 

‘ब्यलाक स्टोन’ (कालो हिरा) देखि दरवारमार्गक्षेत्रलाई आधार बनाएर गुण्डागर्दी तथा चन्दा अशुली गर्दै आएका कुख्यात अपराधिलाई पक्राउ गर्न सफल भएको छ । 

पत्थरको राजा रातो रुबी बरामद 

आइतवार साँझमात्र बहुमूल्य बस्तु रुबी दुई किलो सहित लैनचौरबाट एक ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । 

 पत्थरकी रानी भनेर चिनिने उक्त रुबी सहित पक्राउ पर्ने ललितपुर जिल्लाको थसिखेलमा ४८ वर्षीय दिपक सिजापति रहेका छन् । 

रातो रंगकाने रुबी बोकेर विक्री वितरणका लागि ग्राहक खोज्दै हिडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

प्रहरी बृत्तका प्रमुख डिएस्पी दानबहादुर मल्लले अपराधीलाई कानुनको कठघरामा उभ्याउन आफूहरुले सशक्त र प्रभावकारी अभियान सञ्चालन गरेको बताछन् । 

डिएस्पी मल्ल असार महिनाको उत्कृष्ठ प्रहरी अवार्डबाट समेत पुरस्कृत भएका थिए । दरवारमार्ग बृत्तको नेतृत्व पाएको छोटो समयमा नै मल्ल अपराध नियन्त्रण र अपराधि पक्राउ गर्न सफल भएका हुन । 

यौनअखडामा छापा

त्यस्तैं, आइतवार नै लाजिम्पाटस्थित एकघरमा फ्ल्याट भाडामा लिएर यौन अखडाको रुपमा देहब्यापार सञ्चालन गर्दै आएका दुई महिलालाई पक्राउ गरेको छ । 

दरवारमार्गका विभिन्न मसाज तथा स्पा सेण्टरमा सम्पर्क पठाइ त्यहाँका युवतीहरुलाई आफ्नै फ्ल्याटमा लगेर देहब्यापार सञ्चालन गरेको अभियोगमा ती महिला पक्राउ परेका हुन । 

पक्राउ पर्नेहरुमा ललितपुर पाटनकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुर हेटौडाकी १८ वर्षीय मन्दिरा तामाङ छन् । 

उनीहरुले दरवारमार्गबाट देहब्यापार गर्नका लागि वोलाएकी एक युवतीलाई देहब्यापार गरेवापतको नगद रकम नदिएपछि विवाद उत्पन्न भएको थियो । 

अबैध भारु सहित दुई पक्राउ 

अबैध भारु १२ लाख ७० हजार साथमा राखेर हिडिरहेको अवस्थामा राजेन्द्र सराठी र सुरज मल्ल पक्राउ परेका छन् । 

ब्यापार ब्यवसायमा संल्गन उनीहरुले यतिको रकम अबैध रुपमा बोकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट बरामद भारु प्रहरीले बरामद गरी आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । 

नेपालमा स्रोत नखुलेको एकलाख भारु भन्दा माथिको नगद बोकेर हिड्न वा साथमा राख्न कानुनी रुपमा अबैध मानिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?