काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहेको छ ।
सो क्रममा हालसम्म नेकपा एमालेले झण्डै १ सय स्थानमा हासिल गरेको छ । भने ९४ स्थानमा अग्रता कायम गरेको छ ।
केही स्थानमा गठबन्धन गरेर गए पनि देशका धेरै पालिकाहरुमा भने एमाले एक्लैले प्रतिष्पर्धामा उत्रिएको छ । यता सत्ताको नेतृत्व गरिरहको ५ दलीय गठबन्धनले भने आवश्यक्ताका आधारमा गठबन्धन गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।
५ दल मिलेर निर्वाचनमा गए पनि देशका ३४ पालिकामा भने नेकपा एमालेले गठबन्धन भत्काउँदै जित हासिल गरेको छ ।
हालसम्म आएको मत परिणाम अनुसार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुकै पालिकामा गठबन्धनलाई हराउँदै जित हासिल गरेको छ ।
गठबन्धन हराउँदै यी स्थानमा एमाले विजयी
१. भोटखोला गाउँपालिका, संखुवासभा (कांग्रेस-समाजवादी गठबन्धनलाई हराएको।)
२. माडी नगरपालिका, चितवन (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)
३. छथर गाउँपालिका, तेह्रथुम (२०७४ को निर्वाचनमा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)
४.ऐंसेलुखर्क गाउँपालिका, खोटाङ (पहिला कांग्रेसले जितेको तर यसपटक गठबन्धन भएर पनि हराउन सफल भएको।)
५. मोलुङ गाउँपालिका, ओखलढुंगा (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)
६. चुरे गाउँपालिका कैलाली (पहिला आफूले जितेको यसपटक गठबन्धनलाई हराएको।)
७. छत्रकोट गाउँपालिका, गुल्मी (यसअघि आफूले जितेको यसपटक कांग्रेस र राजमो गठबन्धनलाई हराएको।)
८. सत्यवती गाउँपालिका, गुल्मी (पहिला कांग्रेसले अध्यक्ष जितेको तर यसपटक गठबन्धन गर्दा समेत जित्न सफल।)
९. सरूमारानी गाँउपालिका, प्युठान (यसअघि पनि आफैंले जितेको यसपटक सत्ता गठबन्धनलाई हराउन सफल।)
१०.भीमफेदी गाँउपालिका, मकवानपुर (यसअघि पनि कांग्रेस माओवादी गठबन्धनलाई हराएको।)
११. बेसीशहर नगरपालिका, लमजुङ (सत्ता गठबन्धन हराएको। २०७४ मा पनि एमालेकै जित।)
१२. पञ्चेश्वर, बैतडी (यसअघि आफूले जितेको यसपटक कांग्रेस र एकीकृत समाजवादी गठबन्धनलाई हराएको।)
१३. पूर्वखोला गाउँपालिका, पाल्पा (यसअघि आफैंले जितेको र यसपटक सत्ता गठबन्धनलाई हराएको।)
१४. माङ्सेबुङ गाउँपालिका, इलाम (यसअघि कांग्रेसले जितेको यसपटक गठबन्धनलाई हराउन सफल भएको।)
१५.पाणिनी गाउँपालिका, अर्घाखाँची (यसअघि कांग्रेसले जितेको तर यसपटक गठबन्धनलाई हराएको।)
१६. थलारा गाउँपालिका, बझाङ (यसअघि आफैंले जितेको यसपालि अध्यक्षमा सत्ता गठबन्धनलाई हराएको।)
१७. कोन्ज्योसोम गाउँपालिका, ललितपुर (यसअघि माओवादीले जितेको यसपालि सत्ता गठबन्धनलाई हराएको।)
१८. बर्दगोरिया गाउँपालिका, कैलाली (सत्तारूढ गठबन्धनलाई हराएको।)
१९. हतुवागढी गाउँपालिका, भोजपुर (यसअघि पनि कांग्रेस-माओवादी गठबन्धनलाई हराएको र यसपटक पनि हराउन सफल।)
२०. औरही गाउँपालिका, धनुषा (माओवादी र एकीकृत समाजवादीको गठबन्धन। २०७४ मा कांग्रेसले जितेको।)
२१. षडानन्द नगरपालिका, भोजपुर (कांग्रेस र माओवादी गठबन्धन हराएको। २०७४ मा कांग्रेसले जितेको।)
२२. भिमाद नगरपालिका, तनहुँ (समाजवादी र कांग्रेस गठबन्धनलाई हराएको।)
२३. बेनी नगरपालिका, म्याग्दी ((कांग्रेस र माओवादी गठबन्धन हराएको।)
२४. जुनीचाँदे गाउँपालिका, जाजरकोट (कांग्रेस-माओवादीसहितको गठबन्धनलाई हराएको।)
२५. सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)
२६. चौबीसे गाउँपालिका, धनकुटा (पहिला आफूले जितेको यसपटक माओवादी र जसपा गठबन्धनलाई पराजित गरेको।)
२७. तलकोट गाउँपालिका, बझाङ (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)
२८. ईन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक (समाजवादी-माओवादीको गठबन्धनलाई हराएको।)
२९. धनकुटा नगरपालिका, धनकुटा (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)
३१. जोरायल गाउँपालिका, डोटी (२०७४ मा आफूले जितेको यसपटक माओवादी र समाजवादीको गठबन्धनलाई हराएको।)
३२. ढोरपाटन नगरपालिका, बागलुङ (कांग्रेस-माओवादी गठबन्धन)
३३. आँधीखोला गाउँपालिका, स्याङ्जा (कांग्रेस- समाजवादी गठबन्धन)
३४. तिनाउ नगरपालिका, पाल्पा (२०७४ मा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया