काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीसहित मन्त्रीहरु सत्ताको सेटिङमा लागेको आरोप लगाएको छ ।
आज बसेको संसदको एघारौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै एमालेको तर्फबाट आफ्नो भनाइ राख्दै प्रदीप ज्ञवालीले मुलुक संकटतिर जाँदा पनि सरकार बेखबर भएको बताए ।
उनले देशको अर्थतन्त्रका सूचकहरुमा रातो बत्ती बलेका बेला प्रधानमन्त्री र मन्त्रीहरु सत्ताको सेटिङमा भइरहेको उनले आरोप लगाए ।
‘प्रधानमन्त्री ज्यू र मन्त्रीज्यूहरु सत्ताको सेटिङमै हुनुहुन्छ । त्यसो कुरा उहाँहरुलाई यो कुराले छुँदैन ।’
त्यसैगरी यसअघि निरन्तर अवरोध गरिरहे पनि परिदृष्य फेरिएका कारण आफूहरुले पनि फरक तरिकाले विरोधको स्वरुप फेर्ने समेत बताए ।
‘मुलुक एउटा कोर्षमा गइसकेपछि हामी सदनमा फरक ढंगले प्रस्तुत हुन थालेका छौँ ।’
त्यसैगरी निर्वाचनमा नेकपा एमालेले कम सिट ल्याए पनि निर्वाचन मार्फत आफूहरु लोकतन्त्र जोगिएको भन्दै खुसी भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया