सेयर बजारमा भारी अंकको गिरावट

लोकपथ
130
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ८४ दशमलव ९० अंकले घटेर २२६५ दशामाला ५२ बिन्दुमा पुगेको छ ।

आज १ अर्ब ६४ करोड ४० हजार रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकसँगै आज सबै समूहमा गिरावट आएको छ । यसदिन २ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको सेयरमूल्य घटेको छ ।

आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?