राष्ट्रियसभामा शोक प्रस्ताव पारित, अर्को बैठक २३ गते

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । 

बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । रा

ष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरे । 

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक÷ प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गर्नुभएका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत थिए । 

पङ्गेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक साउन २३ गते ११ बजे बस्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?