चितवन । सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर महागनरपालिकामा हालसम्म १९ हजार ६८४ मतगणना भएको छ ।
भरतपुर महानगरमा हालसम्म १, २,३,४ मा मतगणना सकिएको छ । भने ५ मा मतगणना जारी रहँदा गठबन्धन (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन् । उनले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई २१३ मतले पछि पारेकी छिन् ।
यता गठबन्धनविरुद्ध असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका स्वतन्त्र (कांग्रेस) का उम्मेदवार जगन्नाथ पौडेल गठबन्धन र एमालेभन्दा ३ हजार बढी मतले पछाडी रहेका छन् । उनको भूइँकटहर चिह्नले ३ हजार १ सय ९९ मत मात्रै प्राप्त गरेको छ । केन्द्रले गठबन्धन गर्ने भनेपनि ठूलो विवाद परेपछि पौडेलले त्यसको विरुद्ध बागी उम्मेवारी दिएका थिए । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत माओदावीलाई मेयरमा छोडेको भन्दै धेरै कांग्रेसीहरुले बागी उम्मेदवार पौडेललाई मत दिने अपेक्षा गरिएको थियो । तर पौडेलले भने सोचे अनुसार मत ल्याउन सकेका छैनन् ।
यता उपमेयरमा भने गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् । भने एमाले र राप्रपाबाट गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेकी हिमला गुरुङले ५ हजार २ सय २९ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया