चीन र दक्षिण अफ्रिकाको लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

लोकपथ
105
Shares

काठमाडौं । सरकारले चीन र दक्षिण अफ्रिकाको राजदूत नियुक्तीको प्रक्रिया थालेको छ ।

जसअनुसार चीनका लागि विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाको लागि दान बहादुर तामाङको नाम प्रस्ताव भएको थियो ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकमा श्रेष्ठ र तामाङको नाम अनुमोदन भएको हो ।

प्रस्तावित दुवै राजदूतविरुद्ध समितिमा उजुरी नपरेपछि आज बसेको बैठकमा नाम अनुमोदन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?