मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार दिपकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।
उनले हालसम्म ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (एकीकृत समाजवादी) की मेयर मीना कुमारी लामाले ८ हजार ३ सय ५३ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ८ सय ५३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यता उपमेयरमा भने गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार राजेश बानियाँले ठूलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । यो समाचार तयार पार्दासम्म बानियाँले ११ हजार ७ सय ९१ मत प्राप्त गरेका छन् ।
जबकी उनका निकटतम प्रतिद्धन्दी सुमित्रा काफ्लेले ८ हजार ३३ मत प्राप्त गरेकी छिन् । भने राप्रपाबाट उपमेयर बनेकी इन्दीरा न्यौपानेले १ हजार ५ सय ७६ मत प्राप्त गरेकी छिन् ।
यद्यपी मतपरिणाम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया