प्रोग्रेसिभ फाइनान्सले भदौ ५ गतेदेखि २८१% हकप्रद खोल्ने

काठमाडाैं : प्रोग्रेसिभ फार्इनान्सले अाफ्ना शेयरधनीका लागि २ सय ८१ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । प्रोग्रेसिभको १ कित्ता शेयर भएका शेयरधनीले प्रतिकित्ता बराबर २.८१ कित्ता हकप्रदमा अावेदन दिन सक्नेछन् ।

भदाै ५ गतेदेखि यो कम्पनीले १ : २.८१ अनुपातमाा ५९ लाख १ हजार कित्ता हकप्रद बेच्न लागेको जनाएको छ । असोज ८ गतेसम्म हकप्रद भर्न सकिने बिक्री प्रबन्धक सनरार्इज क्यापिटलले जानकारी दिएको छ ।

साउन २२ गतेसम्म कम्पनीको शेयरधनी बनिसकेकाले मात्र यो हकप्रद भर्न पाउनेछन् । सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौं, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट हकप्रद शेयरका लागि अावेदन दिन सकिनेछ । यस्तै, प्रोग्रेसिभ फार्इनान्सको न्यूरोडस्थित केन्द्रीय कार्यालय र बनेपा शाखा, तथा आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

२१ करोड रूपैयाँ चुक्तापूँजी रहेको प्रोग्रेसिभले हकप्रद बिक्रीपछि संस्थाको चुक्तापूँजी ८० करोड १ लाख रूपैयाँ पु-याउने लक्ष्य लिएको छ ।

प्रतिशेयर अाम्दानी १ रूपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रूपैयाँ ७० पैसा रहेको प्रोग्रेसिभले गत अार्थिक बर्षको चाैथो त्रैमाससम्ममा ३५ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?