नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सूर्यगढीको अध्यक्षमा कांग्रेसका उम्मेदवार सन्तबहादुर तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
तामाङले ३ हजार ७५९ मतका प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रिजाल २ हजार ८ सय ८९ मत ल्याए । २०७४ सालको निर्वाचनमा पनि तामाङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
उपाध्यक्षमा ३ हजार २ सय ३ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु बुढाथोकी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्य २ हजार ९ सय ३२ मत ल्याएर पराजित भएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया