प्यूठानको नौबहिनीमा एमालेका उम्मेदवार निर्वाचित

लोकपथ
161
Shares

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नौबहिनी अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित भएका छन् ।

अध्यक्षमा नेकपा एमालेका डिलबहादुर थापा निर्वाचित भएका छन् । उनले ६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका शिवराज रिजालले ५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि एमालेका बिष्णा थापा निर्वाचित भएकी छिन् । थापा ६ हजार २ सय ६३ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घनबहादुर बुढाले ५ हजार ६ सय ५ मत पाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?