काठमाडौं । काठमाडौं महानगरपालिको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले उनका निकटतम प्रतिद्धन्दीसँग ठूलो मतान्तरसहित अग्रता कायम गरेकी छिन् ।
एमालेकी उम्मेदवार डंगोलले १० हजार ४ सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ ठूलो मतसहित पछि छन् । केहीबेर अघि सार्वजनिक मतगणना अनुसार श्रेष्ठ ढंगोलभन्दा ७ हजार ४ सय २९ मतले पछाडी रहेका छन् । उनले हालसम्म ३ हजार ४८ मत मात्रै प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यता राप्रपाबाट उम्मेदवार बनेकी बिनिता मगैयाले २ हजार २ सय २ मत प्राप्त गरेकी छिन् । भने विवेकशील साझाकी उम्मेदवार कृति कंसाकारले ३९६ मत प्राप्त गरेकी छिन् ।
यता मेयरमा भने ठूलो मतान्तरसहित स्वतन्त्रका उम्मेदवार बालेन साहले १० हजार ८ सय ९९ मत प्राप्त गरेका छन् । भने उनलाई पछ्याउँदै केशव स्थापितले ५ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी ५ हजार १ सय १४ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया