अमेरिकाले क्युबामाथिको प्रतिबन्ध खुकुलो बनायो

लोकपथ
156
Shares

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । बाइडेन प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ ।

क्युबेलीका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिनेछ ।

यस कदमले क्युवाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । प्रतिबन्धहरू खुकुलो पार्नुले पारिवारिक रेमिटेन्समा कटौती गर्नेछ ।

आप्रवासीहरूले क्युबामा परिवारका सदस्यहरूलाई पठाएको रकम पनि हट्नेछ । पहिले आप्रवासीहरूलाई प्रत्येक तीन महिनामा १ हजार डलरभन्दा बढी पठाउन रोक थियो ।

यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबामाथि गरेको खुकुलोलाई कडाई गर्दैै सन् २०१७ मा क्युबा सरकारमाथि प्रतिबन्ध लगाएको हो । ट्रम्प प्रशासनले भिसा पक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।

तर, वाइडेन प्रशासनले गरेको खुकुलोलाई क्युबाले स्वागत गरेको छ । क्युबाका विदेशमन्त्रीले प्रतिबन्ध खुकुलोलाई सहजताको दिशामा एउटा सानो कदम भनेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?