बर्दिबास: महोत्तरीमा आइतबार राती बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कोसीब्यारेजबाट रौतहटको नुनथर तर्फ धार्मिक कार्यक्रममा सहभागी हुनकोलागी गैरहेको ग १ ख ४०१८ नम्बरको बसले सोही दिशातर्फ गैरहेको बा ९ प ३९७५ नम्बरको मोटरसाइकललाई बर्दिबास १ स्थिति भब्सीखोला नजिकै पछाडिबाट ठक्कर दिँदा बर्दिबास नगरपालिका वडा नं ४ माइस्थान घर भएका गणेश विकको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका विकलाई उपचारकोलागी बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बर्दिबास प्रहरीका प्रहरी निरीक्षक राजिव कुर्मीले बताए ।
घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया