पाल्पामा पहिरोले खानेपानीको संरचना नै बगायो

पाल्पा : रातभर परेको पानीले जमिन कमजोर भएपछि चलेको पहिरोले पाल्पाको तानसेन नगरपालिका १२ स्थित वाैघापोखराथोकमा खानेपानीको संरचना नै बगाएको छ । 

पहिरोले पानी ट्यांकी, पानी तान्ने मोटरपम्प र पम्प राखिएको संरचना नै बगाएपछि स्थानीय ७० घरधुरीका बासिन्दा खानेपानी सुविधाबाट वञ्चित भएका छन् । 

खानेपानीका अधिकांश संरचना पहिरोमा पुरिउको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेजरसिं केसीले जानकारी दिए । 

यो खानेपानी अायोजना निर्माणका लागि स्थानीय उपभोक्ताले ५ लाख रूपैयाँ बराबरको श्रमदान गरेका थिए भने तत्कालिन गाउँ विकास समितिले १० लाख रूपैयाँ बजेट खर्च गरेको थियो ।

पानीको मुहानमाथि खनिएको मोटरबाटो समेत पहिरोले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?