काठमाडौं: हिजो रातिबाट देशभर वर्षा जारी रहेकाले जनजीवन कष्टकर बन्दै गएको छ । कतिपय ठाउँहरु डुबानमा परेका छन् भने धेरै जसो डुबानको उच्च जोखिमको खतरामा रहेका छन् ।
आज पनि देशैभर मध्यम वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन समेत अनुरोध गरेको छ।
देशैभर मध्यम बर्षाको संभावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ।
कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउंसो सम्म सतर्कता आसपास हुने संभावना छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया