आजबाट संसदको एघारौँ अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची

लोकपथ
234
Shares

काठमाडौं । आजबाट संघीय संसदको दुवै सदन (प्रतिनिधि र राष्ट्रिय) को बैठक बस्दैछ ।

संघीय संसदको एघारौँ अधिवेशन अन्तर्गत आजबाट वर्षे अधिवेशन सुरु हुन लागेको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठक अपरान्ह ४ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?