२३ असार २०७९, बिहीवार

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९,जेष्ठ,३,मंगलवार १०:४५

90
Shares

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,३,मंगलवार १०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम)मा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने

बागलुङ । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ । सोही गाउँपालिका–५ निसीडाँडास्थित

लमजुङ । पछिल्लो १० वर्षमा लमजुङमा वन्यजन्तुबाट पीडित भएकाहरूले १६ लाखभन्दा बढी राहत रकम पाएका छन् । वन्यजन्तुको आक्रमणबाट मानवीय

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय

ताजा समाचार