मुग्लिन-नारायणगढ सडकमा पहिरो, अावतजावत रोकियो

चितवन : रातभर परेको अविरल बर्षाका कारण पहिरो जाँदा मुग्लिङ-नारायणगढ सडक अवरूद्द भएको छ । 

यो सडकखण्डको घुमााउने र जलविरेमा सोमबार बिहान ६ बजेतिर पहिरो खसेको हो । यी स्थानमा निरन्तर पहिरो खसिरहेको छ। 

मुग्लिङ-नाैबिसे सडकखण्डअन्तर्गतको फिस्लिङम पनि सोमबार बिहान ७ बजेतिर पहिरो खसेको प्रहरीले जानकारी दिएको छ। 

बाक्लो झरी परिरहेकाले पहिरो पन्छाउन प्रहरीले समस्या खेपिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?