दमकमा गठबन्धनका थापालाई ८६९ मतको अग्रता

लोकपथ
923
Shares

दमक । झापाको दमकमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका राप्रपाका रामकुमार थापाले ८ सय ६९ मतले अग्रता पाएका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीलाई ६ हजार ६ सय ८४ मत प्राप्त भएको छ ।

यस्तै उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाल ७ हजार ५ सय ९२ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराई ७ हजार २ सय ३१ मतका साथ दोस्रो स्थानमा छिन् ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको मतपरिणामलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?