ढाकामा प्रदर्शनरत विद्यार्थीमाथि आक्रमण, मोबाइल इन्टरनेट काटियो

एजेन्सी – बंगलादेशको राजधानी ढाकामा हजारौं विद्यार्थीहरुले सडक सुरक्षालाई लिएर प्रदर्शन गरिरहेका छन् ।

सडकलाई सुरक्षित बनाउन माग गर्दै सातौं दिन पनि प्रदर्शनलाई जारी राखेका छन् । शनिबारमात्रै भएको प्रदर्शनका क्रममा भएको झडपका क्रममा दर्जनौं २५ जना घाइते भएका छन् ।

आन्दोलनरत विद्यार्थीमाथि हमला गर्ने को थिए भन्नेबारेमा भने हालसम्म कुनै जानकारी हुन सकेको छैन । तर स्थानीय सञ्चारमाध्यमले सत्तारुढ पार्टी संबद्ध विद्यार्थीले हमला गरेको दाबी गरेका छन् ।

प्रदर्शनका क्रममा हजारौंको संख्यामा विद्यार्थीहरु सडकमा उत्रिएर सवारी र सवारीचालकलाई रोकेका दृश्यहरु देखिएका छन् । उनीहरुले सडक सुरक्षालाइ ध्यान दिन माग गरेका छन् ।

गत आइतबार एक तिव्र गतिको बसले एक युवक र एक युवतीलाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि ढाकामा निरन्तर प्रदर्शन भइरहेको छ ।

यसैबीच विद्यार्थीको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीले जनाएका छन् ।

तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बंलादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?