धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनले जित हात पार्‍यो

लोकपथ
988
Shares

धादिङ । धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् ।

तामाङले दुई हजार ७ सय ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले २ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन् । उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?