हालसम्म २३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

लोकपथ
4.3k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले १०८ तहमा विजयी हासिल गरेको छ ।

त्यसैगरी, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

त्यस्तै कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले १२१, नेकपा माओवादी केन्द्रले ६५, नेकपा एकीकृत समाजवादीले १८ र जनता समाजवादी पार्टीले २७ स्थानमा अग्रता लिएको छ ।

उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?