संखुवासभाको पाँचखपन प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

लोकपथ
273
Shares

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हात परेको छ । पाँचखपनमा कांग्रेसका उम्मेदवार विपिन राई ४ हजार ७ सय ८८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले ३ हजार ४ सय ३७ मत पाएका छन् ।

त्यस्तै, उपपपमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ निर्वाचित भएकी छिन् । उनले तीन हजार ८३४ मत प्राप्त गर्दा भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अनिता न्यौपानेले ३ हजार ४ सय ८७ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?