सल्यानको शारदा नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

लोकपथ
140
Shares

सल्यान । सल्यानको शारदा नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिकाको प्रमुखमा कांग्रेसका प्रकाश भण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजकुमार प्रधानलाई हराउँदै विजयी भएका छन् ।

भण्डारीले ६ हजार २ सय १७ मत प्राप्त गर्दा प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरेका थिए ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसकी सुष्मिता सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले ५ हजार ३ सय ८० मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेश कुमार गौतमले ४ हजार ५ सय ९५ ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?