कैलाली । जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सोमबार आएको अन्तिम मतपरिणामअनुसार वडाध्यक्षमा नवराज कठायतसहित कांग्रेसको प्यानलनै विजयी भएको हो ।
नवनिर्वाचित कठायतले ६६० मतसहित जित हासिल गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ५०७ मत ल्याएका छन् । त्यसैगरी खुला सदस्यमा दिपेन्द्र बहादुर माझी, खुला महिला सदस्यमा मिनादेवी विष्ट, महिला सदस्यमा कोकिला देवी जैसी र दलित महिला सदस्यमा पवि देवी सुनार रहेकी छिन् ।
वडाध्यक्षमा निर्वाचित भएसँगै आगामी ५ वर्षे कार्यकालमा आफू वडाबासीको सेवामा लाग्ने कठायतले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया