एमालेको होहल्लापछि भरपुरको मतगणना रोकियो

लोकपथ
3.9k
Shares

भरतपुर । नेकपा एमालेले मतगणनामा धाँधली भएको भन्दै होहल्ला गरेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतगणना जारी रहँदा उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न लागेको भन्दै आपत्ति जनाएपछि मतगणना रोकिएको हो ।

यसअघि सोही प्रकृतिको गल्तीलाई सदर गरिएको र हाल बदर गर्न लागेको भन्दै नेकपा एमालेका तर्फबाट बसेका प्रतिनिधिहरुले हल्ला गरेका थिए ।

यद्यपी सर्वदलीय बैठक बसेर समस्याको हल खोज्ने काम भइरहेको स्रोतले जनाएको छ ।

यसअघि पनि एमालेले मतगणनामा धाँधली गर्न लागेको भनेपछि मतगणना स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?