काठमाडौं । काठमाडौं महानगरको उपमेयरमा प्रतिष्पर्धी भन्दा ४ गुणा मतसहित एमालेकी उम्मेदवार सुनिता डंगोल अगाडि रहेकी छिन् ।
सुरुवातबाटै अग्रता कायम गर्दै लगेकी डंगोलले हाल ६ हजार ३ सय ४६ मत प्राप्त गरेकी छिन् । भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा १ हजार ६ सय ९० मत मात्रै प्राप्त गरेका छन् । यसरी हेर्दा डंगोलले प्राप्त गरेको मतलाई उछिन्न श्रेष्ठलाई कठिन पर्ने देखिन्छ ।
त्यसैगरी राप्रपामा बिनिता मगैयाले १ हजार ३ सय ४५ मत प्राप्त गरेकी छिन् । भने विवेकशील साझाकी उम्मेदवार कृती कंशाकारले ३५ मत प्राप्त गरेकी छिन् ।
यता मेयरमा भने स्वतन्त्र उम्मेदवार ८ हहजार २ सय ४८ मतसहित अग्र स्थानमा रहेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी एंमालेका उम्मेदवार केशव स्थापितले ठूलो मतान्तरसहित पछ्याइरहेका छन् ।
उनले हालसम्म ४ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै ३ हजार ७ सय ८१ मतसहित कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया