२३ असार २०७९, बिहीवार

सर्लाहीको बागमती–३, मा माओवादीका मोक्तान विजयी

२०७९,जेष्ठ,२,सोमवार २१:३५

135
Shares

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३, मा नेकपा९माओवादी केन्द्र० का उमेद्वार प्यानल सहित विजयी भएका छन् ।

निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उमेद्वार तिलक मोक्तानले विजयी हुदै कार्यकाल दोहो¥याएका हुन् । मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार हिरालाल स्यांतानले ६९० मतमात्र प्राप्त गरी पराजित भए ।

यो सगैँ बागमती नगरपालिकाको १, २ र ३ गरी तिन वटा वडामा माओवादी केन्द्रमा उमेद्वार विजयी भई सकेका छन् । यस्तै नगरको मेयर र उपमेयर पदमा भने, यो समाचार तयार गर्दा सम्म दोब्बर मतआन्तरले माओवादी केन्द्रका उमेद्वार भरत कुमार थापा र लिला कुमारी मोक्तान अगाडि देखिएका छन् ।

निवर्तमान मेयर समेत रहेका थापाले ३९२९ मत प्राप्त गरेका छन् । भने, निवर्तमान उपमेयर समेत रहेकी मोक्तानले ३७६३ मत प्राप्त गरेकी छिन् । यस्तै निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उमेद्वार टंक बहादुर बस्नेत ९गोकुल० ले २२१० र उपमेयरको उमेद्वार सरिता घिसिङले २६१५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार २१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’ को म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमण तत्काल नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगको भेटका क्रममा

ताजा समाचार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०