मतगणना अपडेट : देशभरका ८६ पालिका प्रमुखमा कांग्रेस विजयी, कुन पार्टीको कति जित ?

लोकपथ
11.1k
Shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ ।

सो क्रममा हालसम्म देशभरका धेरै पालिकाहरुकमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ८६ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । भने २२७ स्थानमा अग्रता कायम गरेको छ ।

त्यसैगरी देशभरका पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै उम्मेदवार रहेका छन् । हालसम्म देशभरका८४ पालिमामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । भने हालसम्म १९२ स्थानमा कांग्रेसको अग्रता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै देशभरको पालिकामा नेकपा एमालेले दोस्रो स्थानमा जित हासिल गरेको छ । हाल सम्म नेकपा एमालेले ५६ पालिकाको अध्यक्षमा जित हासिल गरेको छ । भने १२६ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी ५५ स्थानीय तहको उपाध्यक्षमा विजय हासिल गरेको छ । त्यसैगरी १५७ स्थानमा अग्रता कायम गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी देशभर ४१ पालिकाको प्रमुख जितेर माओवादी केन्द्रले तेस्रो स्थानमा रहेको छ । त्यसैगरी माओवादी केन्द्र देशभर ७७ स्थानमा अग्रता कायम गरेको छ । भने देशमर ३८ स्थानीय तहको उपाध्यक्षमा जित हासिल गरेको छ । भने ८९ स्थानीय तहको उपाध्यक्षमा अग्रता कायम गरेका छन् । त्यस्तै एकीकृत समाजवादीले ५औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?