भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

लोकपथ
234
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जन्मजयन्तीको अवसर पारेर सोमबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

आज बिहान १०ः४० मा मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा गौतमबुद्द अन्तराष्ट्रिय विमान स्थलमा अवतरण भएका थिए ।

उनले मायादेवी मन्दिरमा पूजाअर्चना पनि गरेका छन् । साथमा नेपालका समकक्षी शेरबहादुर देउवा पनि सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीचको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । उनी अपराह्न स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?