काठमाडौं महानगरपालिकाको उपप्रमुखमा डंगोलको फराकिलो मतान्तर

लोकपथ
3.6k
Shares

काठमाडौं । देशकै केन्द्रबिन्दु काठमाडौं महानगरपालिकामा मत गणनाको जारी छ ।

हाल बलिया राजनीतिक दल र गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धाले काठमाडौं महानगरपालिको मतगणना चर्चाको विषय बनेको छ । काठमाडौं महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (ऐमाले) को तर्फबाट उपमेयर उम्मेदवारमा सुनिता डंगोल हाल ६ हजार ३ सय ४६ मतका साथ अग्रस्थानमा छिन् । डंगोललाई पछ्याइरहेका एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ९० मत ल्याएका छन् । त्यस्तै, राट्रिष्य प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बिनिता मयैगाले १ हजार ३ सय ४५ मत ल्याएकी छिन् । त्यस्तै, उपमेयर पदमा विवेकशील साझा पार्टीबाट कृति कंसाकारले ३५ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?