नुवाकोटको तारकेश्वर गाउँपालिका प्रमुखमा शिव अधिकारी ‘अविरल’ विजयी

लोकपथ
4k
Shares

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले पालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् ।

सोमबार आएको अन्तिम नतिजा अनुसार गाउँपालिका प्रमुखमा नेपाली गठबन्धन (कांग्रेस) का शिव अधिकारी (अविरल) ले ठूलो मतान्तरसहित जित हासिल गरेका हुन् । अधिकारीले ५ हजार ६ सय ६५ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी रमेशकुमार वस्तीले ३ हजार ३ सय ४१ मत ल्याएका छन् ।

यता गाउँपालिका उपाध्यक्षमा गठबन्धन (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६ सय ५८ मतसहित जित हासिल गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी उम्मेदवार कोपिला भट्टले ३ हजार ३ सय ९२ मत प्राप्त गर्दै उपविजेता भएकी छिन् ।

यसअघि जिल्लाको तादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तमान तामाङले पालिका प्रमुख र उपप्रमुमा माओवादी केन्द्रकी उम्मेदवार सन्जु प्याकुरेलले जित हासिल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?