काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ईण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने ‘ मानव बेचविखन र अन्तरदेशिय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इण्डोनेसिया प्रस्थान गर्दैछन् ।
सोमवार २१ र २२ गते सञ्चालन हुने यो सातौं मन्त्रीस्तरीय सम्मेलन हो । सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदै छन् ।
गृहमन्त्री थापाले साउन २२ गते सो सम्मेलनलाई संवोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सहित चिन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय निकायहरु, आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।
मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध सम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया