१३ असार २०७९, सोमवार

नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने सम्भावना कम

२०७९,जेष्ठ,२,सोमवार १९:५२

252
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तान राष्ट्रिय टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप–२०२३ छनोट अघि दुई देशबीच मैत्रीपूर्ण खेल हुने जनाएको थियो । तर मिति नजिकिदै जाँदा खेल नहुने सम्भावना बढेको हो ।

एन्फा स्रोतका अनुसार मैत्रीपूर्ण खेलको सम्भावना निकै कम रहेको र चाडै नै आधिकारिक निर्णय आउनेछ । ‘मैत्रीपूर्ण खेलको सम्भावना कम छ । यस विषयमा चाडै नै जानकारी गराउँछौँ ।’ एन्फा स्रोतले भन्यो ।

नेपाल र अफगानिस्तानबीच ११ र १५ जेठमा कतारमा दुई मैत्रीपूर्ण खेल हुने तय थियो । तर खेल नहुने लगभग पक्का भएको छ । हालसम्म कतार भ्रमणका लागि कुनै तयारी नभएको स्रोतले जनायो ।

हाल खेलाडी र प्रशिक्षक विवाद समाधान नहुँदा कतार भ्रमण प्रभावित भएको हो । नेपाल टिम गत शुक्रबार नै कतार भ्रमण गर्ने एन्फाले आन्तरिक तयारी गरेको थियो । तर खेलाडी प्रशिक्षक विवाद समाधानका लागि तीन सदस्यीय छानविन समिति गठन भएको र छानविन चलिरहेकाले टिम भ्रमणमा ननिस्किएको बुझिएको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विवाद पछि नियमित टोलीका १० सदस्यलाई बाहिर राख्दै युवा खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका छन् । नेपालले जेठ अन्तिम साता हुने छनोटमा जोर्डन, कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १९:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट प्रतियोगिताकोमा सोमबार फाइनल प्रवेश गरेको छ । बागमती

काठमाडौं । मलेसियाको पेनाङमा हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय न्युरोड टोलीलाई  एनआरटीले सोमबार बिदाई गरेको छ । एनआरटीले

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय

काठमाडौं । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३