गोलरक्षक अभिषेक कम्तीमा तीन महिना मैदान बाहिर रहने

लोकपथ
286
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा गोलरक्षक अभिषेक बराल कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा काँधमा चोट बोकेपछि युवा गोलरक्षक अभिषेक प्रशिक्षण बाहिर छन् । हाल उनको सातदोबाटो स्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली टिम यतिबेला जेठ अन्तिम साता कुवेतमा हुने एएफसी एसियन कप–२०२३ छनोटको तयारीमा रहेको छ । टिमको प्रशिक्षण दशरथ रंगशालामा भइरहेको छ । यस्तै टिमले विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण नियमित टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अभिषेकले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकमा मौका पाएका थिए ।

नियमित गोलरक्षक तथा कप्तान व्यावसायिक फुटबलका लागि माल्दिभ्सको माजिया एससीमा आबद्ध छन् । यता, विद्रोहका कारण अर्का गोलरक्षक विशाल श्रेष्ठ टिम बाहिर छन् भने खेलाडीले होटेल छाडेपछि कल भएका विकेश कुथु प्रशिक्षणमा सामेल भएका छैनन् ।

हाल टोलीमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र थापा गोलरक्षक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?