तादीको गाउँपालिका प्रमुखमा कांग्रेसका तामाङ र उपप्रमुखमा माओवादीकी प्याकुरेल विजयी

लोकपथ
1.9k
Shares

नुवाकोट । जिल्लाको तादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिकाको प्रमुखमा जित हासिल गरेका छन् ।

सोमबार आएको अन्तिम मत परिणाम अनुसार कांग्रेसबाट गाउँपालिका प्रमुखको उम्मेदवार बनेका सन्तमान तामाङले जित हासिल गरेका हुन् । तामाङले ३ हजार २ सय ४१ मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सन्जु प्याकुरेलले ३ हजार ३ सय ९७ मतसहित जित हासिल गरेकी छिन् ।

गाउँपालिका प्रमुखमा तामाङका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रमा किरणकुमार रिजालले २ हजार ५ सय १८ मतसहित उपविजेता भएका छन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी इश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत प्राप्त गर्दै उपविजेता बनेकी छिन् ।

यो जिल्लामा अन्तिम नतिजा आएको पहिलो पालिका हो ।

गाउँपालिका प्रमुखमा जित हासिल गरेका तामाङमा यसअघिको स्थानीय तह निर्वाचनबाट जिल्ला समन्वय समितिको सभापतिमा निर्वाचित भएका थिए । उनले तादीमा गाउँपालिका प्रमुखको उम्मेदवार बन्ने भएसँगै जिसस प्रमुखबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?