२३ असार २०७९, बिहीवार

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

२०७९,जेष्ठ,२,सोमवार १८:४६

0
Shares

चितवन । चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी उमेदवारको विजय भएकी हुन् ।

वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानिया पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरुको विवरणमा कोहि पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।

बानियाले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानिया समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको मतपत्र गनेर सकिएको छ । अब ३, ४, ५, ८ को मतपत्र गन्न बाँकी छ ।

माडीको मेयरमा भने एमालेकी ताराकुमारी काजी महतोले निरन्तर अग्रता लिइरहेकी छन् । एमालेकी महतोलाई गठबन्धनतर्फका मेयरका उमेदवार माओवादी केन्द्रका ऋषी काफ्ले पछ्याइरहेका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’ को म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका

ताजा समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९
को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०