रसुवाको कालिका-५ को वडाध्यक्षमा कांग्रेसका सन्दिप पौडेलसहित प्यानल नै विजयी

लोकपथ
4.4k
Shares

रसुवा । जिल्लाको कालिका गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्दिप पौडेलले प्यानलसहित जित हासिल गरेका छन् ।

सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार उनी ७३१ मतसहित जित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ३७० मत मात्रै ल्याएका थिए ।

त्यसैगरी कालिका गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवाहरुले विजयी हासिल गरेका छन् ।

कालिका गाउँपालिकाको अध्यक्षमा हरिकृष्ण देवकोटा (२६२२) ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरेका छन् । नेकपा माओबादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत प्राप्त गरे ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल)ले २ हजार २ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?