मोदी मस्त ध्यानमा : देउवा कहिले कन्याउने, कहिले यताउता हेर्ने !

लोकपथ
3.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बेला बेला साना साना कुरा मिलाउन नजान्दा विवादमा आउँछन् ।

कहिले सर्वसाधारणको प्रश्नको उत्तरमा आक्रामक बनेर होस् त कहिले भाषणका क्रममा गलत नामका कारण विवादमा आइरहन्छन् ।

सोमबार लुम्बिनीमा ध्यान गर्ने बेला प्रधानमन्त्रीको फरक क्रियाकलापका कारण यतिबेला सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका थिए । सो क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा देउवा र मोदीलाई त्यहाँका बौद्ध भिक्षुहरुले शान्तिपाठ गराए । दुई देशका प्रधानमन्त्रीलाई छुट्टाछुट्टै आसनमा राखेर पाठ गर्दा मोदी भिक्षुहरुको मन्त्रमा डुब्दै मस्त ध्यानमा थिए । तर नेपालका प्रधानमन्त्री देउवालाई भने ध्यानले तान्न सकेन । उनी ध्यानमा बस्नुभन्दा पनि भिक्षुहरुले सुनाएको मन्त्र सुन्दै कहिले यता उति हेर्दै असहज देखिएका थिए । प्रधानमन्त्री देउवा मात्र नभएर प्रधानमन्त्री देउवापत्नी आरजु राणा पनि उठेरै ध्यान गरिरहेको देखिन्छिन् ।

भारतीय प्रधानमन्त्री मोदी आसनमा सहज तरिकाले बसेर ध्यानमग्न हुँदा देउवा भने कहिले यता हेर्ने कहिले उता हेर्ने गरिरहेका थिए । त्यसबाटै उनलाई ध्यानले तान्न नसकेको र उनको मनमा शान्ति नभएको बुझ्न सकिन्छ । क्रियाकलाप फरक मात्रै होइन उनको बसाइमा समेत सहजता थिएन । उनी आसनमा पुरै आफ्नो ज्यान राखेका थिएनन् । उनले आधा ज्यान आसनमा राखे पनि आधा ज्यान भने आसन भन्दा बाहिर राखेर बसेका थिए । पल्याकपुलुक यताउता हेरिरहेका देउवा जब ध्यानमग्न मोदीलाई हेर्थे तब केही सहज भएजस्तो देखिन्थे । त्यसो त बिचबिचमा कहिले पल्याकपुलुक यता उती हेर्ने, कहिले ज्यान कन्याउने त कहिले हात बाँधेर बस्ने देउवाको क्रियाकलापले त्यहाँका कतिपय बौद्ध भिक्षुहरु एकअर्कामा मुखामुख गरिरहेको देखिन्छ ।

हेर्दा नै असहज लाग्ने किसिमले देउवाको बसाइ र उकुसमुकुसका कारण देशमा जारी मतगणनाको कारण उनी सहज रुपमा एकाग्र हुन नसकेको कतिपयको बुझाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?