गंगामायाका सम्पर्कविहीन छोरा भेटिए

आफ्नो मृत छोरा र पतिको अधिकारका लागि अनसनमा बसेकी गंगामायाको सम्पर्कविहीन छोरा नुरप्रसाद अधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाले आइतवार नियन्त्रणमा लिएको छ ।
अनसनकै क्रममा बाबु नन्दप्रसाद अधिकारीको मृत्यु भएपछि सम्पर्कविहीन भएका नुरप्रसादलाई प्रहरीले आज फेला पारेको हो ।
आमा गंगामायाको अनुरोधमा प्रहरीले नुरप्रसादको खोजी गर्न थालेको थियो ।
नुरप्रसादलाई वीर अस्पतालमा रहेकी उनकी आमालाई जिम्मा लाउने प्रहरीले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?