२३ असार २०७९, बिहीवार

बालेनको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवा पक्राउ

२०७९,जेष्ठ,२,सोमवार १७:३१

549
Shares

खोटाङ । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।

हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए । ‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ओखलढुंगा । ओखलढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी

१ पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रका विभिन्न कमिटीले बल्ल पूर्णता पाउँदै, १५६ सदस्यीय पोलिटब्यूरो, ४१ सदस्यीय स्थायी कमिटी

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले

अर्घाखाँची । लायन्स क्लब अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कका चोक-चोकमा सचेतनामूलक बोर्ड टाँगेको छ । विभिन्न सचेतनामूलक सन्देशहरू लेखिएका बोर्ड सन्धिखर्क

ताजा समाचार

बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु
 २०७९,असार,२३,बिहीवार २०:३२