ललितपुरमा गहिरो बन्दै मतान्तरको खाडल

लोकपथ
1.9k
Shares

ललिपतुर । ललितपुर महानगरपालिकामा गडबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर झनै बढाएका छन् ।

हाल उनका निकटतम प्रतिद्धन्दी हरिकृष्ण व्यन्जनकार ३ हजार १ सय ४४ मतले पछि रहेका छन् ।

केहीबेरअघि सार्वजनिक तथ्यांक अनुसार गठबन्धनका उम्मेदवार महर्जनले ४ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी व्यन्जनकारले १ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनको उम्मेदवार राजुबाबु बज्राचार्यले अग्रता कायम गरेका छन् ।

हाल वडा नं ४ को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?