हलेसी तुवाचुङमा कांग्रेसका उम्मेदवारको अग्रता

लोकपथ
299
Shares

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।

हलेसी तुवाचुङमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बिमला राई र उपमेयरका उम्मेदवार रमेश राउतले अग्रता कायम गरेका हुन् ।
केहीबेरअघि सार्वजनिक नतिजा अनुसार मेयरमा राईले २ हजार ८ सय ११ र उपमेयरमा राउतले २ हजार ५ सय ६९ मत ल्याएका छन् । यता मेयरमा नेकपा एमालेबाट मेयरको उम्मेदवारले २ हजार ५ सय ७४ र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले २ हजार ३ सय ७९ मत ल्याएका छन् । हाल मतगणना जारी रहेको छ ।

यसअघि नै तुवाचुङ १, २, ३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा जित हासिल गरेको छ । भने वडा नं ११ मा भने नेकपा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?