रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी

लोकपथ
13
Shares

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित निकालेको छ । परिवर्तन गाउँपालिकाको अध्यक्षमा शुकबहादुर बुढामगर ३ हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रेनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकोको वडा नं १, २, ४, ५ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने वडा नं ३ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?