भ्यान पल्टिँदा एक जनाको मृत्यु, दस घाइते

चितवन । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 
गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को म्याजिक भ्यान अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । 
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ । 
दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?