प्रधानमन्त्री ओलीको प्रमुख सुरक्षा गार्डमा अब डिएसपी लिम्बु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड अब डिएसपी राजन लिम्बु भएका छन् । 
 प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई खटाइएको हो । 
डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?