१३ मङ्सिर २०७९, मंगलवार

हचुवाको भरमा स्थानिय तहलाई सुगम घोषणाका लागि सिफारिस गरेको भन्दै बझाङबासी आक्रोसित

२०७४,आश्विन,२८,शनिवार ११:०७

0
Shares

बझाङ,२८असोज –विकासका पूर्वाधारहरु नपुगेको स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको भन्दै बझाङबासी आक्रोसित भएका छन । विकासका पुर्वाधारको न्यूनतम मापन नै नगरी हचुवाका भरमा बझाङका संसदले गरेको निर्णयप्रति बझाङबासी आक्रोसित भएका हुन् ।जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका, र छविस पाथीभरा गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको जनाएको छ । जिल्लामा रहेका १२ वटा स्थानिय तहमध्य ६ वटा स्थानिय तहलाई सुगमका लागि सिफारिस गरेको थियो ।खानेपानी, सिचाई, विजुली, स्वास्थ्य, शिक्षा, इन्टरनेट, यातायात लगायतका पुर्वाधारहरुको अभाव भएका नगरपालिका तथा गाउँपालिकालाई संसदले विकासका पुर्वाधारहरुको परिपुर्ति नै नगरि सुगम घोषणाको लागी सिफारिस गरेको जयपृथ्वी नगरपालिका ७ का स्थानीय दिपक जोशीले बताए । यसरी हचुवाको भरमा दुर्गमलाई सुगम घोषणा गरिँदा विभिन्न आयोगमा दुर्गम कोटाबाट पाउने प्राथमिकताबाट समेत बझाङका बासिन्दा बञ्चित हुने उनको भनाइ छ ।मानव विकासको सुचाङ्ककमा ७२ औ जिल्लामा पर्नेे बझाङका अधिकांश स्थानीय तहमा हालसम्म पनि पर्याप्त सेवा सुविधा छैन् । इन्टरनेट, विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक संजाल लगाएतका पुर्वाधारहरु अझै पनि विकास हुन सकेको छैन् । यसरी सरकारले विकासका पूर्वाधारहरु नै नपुगी सुगम घोषणा गरे कडा आन्दोलन गर्ने बझाङबासीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ११:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

ताजा समाचार

प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०
उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९