अस्मिना नेपालको लागि खेल्ने २३ औं खेलाडी

लोकपथ
351
Shares

काठमाडौं । अस्मिना कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने २३औं खेलाडीको रूपमा डेब्यू गरेकी छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको युगान्डाविरुद्धको पहिलो टी-२० को प्लेइङ ११ मा परेकी कर्माचार्यलाई कप्तान रुबिना क्षेत्रीले डेब्यु क्याप प्रदान गरिन् ।

पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजिसकेको छ ।

घरेलु प्रतियोगितामा ललितपुर मेयर ११, विराटनगर टाइटन्सलगायत टिमबाट घरेलु प्रतियोगिता खेल्दै आएकी कर्माचार्य दायाँ हाते तीव्र गतिकी बलर हुन् ।

नेपालले युगान्डाविरुद्ध पाँच टी-२० खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?