झापाका दुई पालिकामा मतगणना स्थगित

लोकपथ
0
Shares
file photo

झापा । झापाका दुई स्थानीय तहमा मतगणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना स्थगित भएको हो ।

दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना गर्दाको मतपत्रको सख्यामा फरक परेपछि विवाद उत्पन भएको छ । शिवसताक्षी-१ को मत गणना गर्दा ५४ मतपत्र हराएको छ । यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ ।

उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ । तर, मत गणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटियाे । यहाँ निर्वाचन अधिकृतनै फेर्ने तयारी भएको छ । स्थानीयले रातभर निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका थिए ।

गौरीगञ्ज गाउँपालिकामा भने मतदानको दिन गरिएको मुचुल्का भन्दा मतपेटिकामा खसेको मतपत्र धेरै देखिएपछि विवाद भएको छ । गौरीगञ्ज्–१ को गणना गर्ने क्रममा धेरै मत भेटिएको हो । अहिले सर्वदलीय बैठक गरेर समस्या समाधानको तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?